कांग्रेस केन्द्रीय सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित
काठमाडौं, मंसिर २२ : सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलबार सर्लाही क्षेत्र नम्बर ४...
काठमाडौं, मंसिर २२ : सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी सहित उनको प्यानल नै महाधिवेशन प्रतिनिधिमा पराजित भएको हो।
पराजित भएका सिंह कांग्रेस संस्थापनइतर पक्षका सांसद हुन्। मंगलबारको अधिवेशनबाट संस्थापन पक्षका वीरेन्द्रप्रसाद सिंहको समूह विजयी भएको छ। अमरेशकुमार सिैहले २४८ मत पाउँदा वीरेन्द्र प्रसादको समूह पाँच सय बढी मतले विजयी भएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन्।
त्यस्तै चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन्।
प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
अन्य ६ प्रदेशको अधिवेशन सम्पन्न भइसक्दा सर्लाहीमा भने मंगलबारदेखि मात्रै अधिवेशन शुरु भएको हो। दुई सिंहबीचको टकरावकै कारण सर्लाहीका चार निर्वाचन क्षेत्रमा अधिवेशन हुन नसकेको बताइएको छ । मंगलबार दुई क्षेत्रमा अधिवेशन सम्पन्न भएको र बुधबार बाँकी दुई क्षेत्रमा अविधेशन सक्ने निर्वाचन समितिले जनाएको छ।











-1788524800.jpg)