Kathmandu Press

संस्थापनइतर पक्षलाई सभापतिको उम्मेदवार टुंग्याउन सकस, आजपनि छलफल

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको संस्थापनइतर पक्ष आज पनि छलफलमा बस्ने भएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा इतर पक्षको बैठक बस्ने भएको...
संस्थापनइतर पक्षलाई सभापतिको उम्मेदवार टुंग्याउन सकस, आजपनि छलफल

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको संस्थापनइतर पक्ष आज पनि छलफलमा बस्ने भएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा इतर पक्षको बैठक बस्ने भएको हो। कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको उम्मेदवारको टुङ्गो लगाउन सो पक्ष छलफलमा बस्न लागेको हो। 

सभापतिको नाम टुङ्ग्याउन सोमबारदेखि इतर पक्ष छलफलमा छ तर सहमति भने हुन सकेको छैन। सभापतिका लागि चारै जना आकांक्षी देखिएपछि सहमति जुटाउन सकस भएको हो। मंगलबारको बैठकमा एक व्यक्ति एक पदको नीति अनुसार चार जनामध्य एक जनालाई सभापति र अन्यलाई निकट भविष्यमा प्रधानमन्त्री देखि राष्ट्रपति सम्म दिन सकिने गरि छलफल भएको थियो। 

पूर्वमहामन्त्री प्रकाशमान सिंहले उमेरमा शेखर कोइरालाभन्दा जुनियर भएपनि राजनीतिक हैसियतमा उनीभन्दा सिनियर भएको बताउँदै सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने बताएका थिए। प्रकाशमान र शेखरबीच सहमति हुन नसकेको अवस्थामा तीनै जनाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेर जाने विषयमा पनि छलफल भएको थियो। 

आजको बैठकमा शेखर कोइराला उपस्थित नहुने बताइएको छ। महाधिवेशन संघारमै आइपुग्दा पनि संस्थापनइतर पक्षले सभापतिको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। आजको बैठकले भने टुंगोमा पुर्याउने आशा गरिएको छ। इतर पक्षका युवा नेताहरुले जुनसुकै हालतमा पनि सहमति गरेर अगाडि बढ्न दबाब दिइरहेका छन्। 

प्रकाशित मिति: १०:३० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्