कहाँबाट को आए कांग्रेस महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
काठमाडौं, मंसिर २२ : नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। आसन्न १४ औं महाधिवेशनका लागि प्रारम्भिक चरणमा ४ हजार ३१९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।
उक्त सूचीमा सर्लाहीका महाधिवेशन प्रतिनिधिहरुको भने नाम समावेश छैन। सर्लाहीको प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएका कारण महाधिवेशन प्रतिनिधिको नाम समावेश नभएको हो।
पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
सूची हेर्नुहाेस् :
प्रकाशित मिति: १०:११ बजे, बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)