ओमिक्रोन देखिएका दुवै जना निको भए
काठमाडौं, मंसिर २२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिका दुवै जना निको भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जनाको मंगलबार...
काठमाडौं, मंसिर २२ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिका दुवै जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जनाको मंगलबार कोरोना परीक्षण गरिएको थियो। दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए।
नेपालमा पहिलो पटक मंसिर १९ गते दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको थियो। ओमिक्रोनको संक्रमण देखिएको देशकाट आएका एक जना विदेशी नागरिक र उनको सम्पर्कमा रहेका एक जना नेपालीमा संक्रमण देखिएको थियो।
दुवै जनालाई आइरसोलेसनमा राखिएको थियो। उनीहरुलाई स्वास्थ्यकर्मीले निगरानी गरेका थिए। दुवै जनाको मंगलबार कोरोना परीक्षण गरिएको थियो।
प्रकाशित मिति: ०८:०७ बजे, बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)