चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान
हाङ्झोउ, मंसिर २१ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत...
हाङ्झोउ, मंसिर २१ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन्।
वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। विशेष घटनामा चिन्ता लिनुको सट्टा दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ र एकअर्कालाई कमजोर बनाउनुको सट्टा एकअर्कालाई सफल बनाउन मद्दत गर्नुपर्छ रविकासोन्मुख देशहरूको साझा हितका प्रमुख मुद्दाहरूमा दुवै पक्ष एकसाथ उभिन सक्छन् र उभिनुपर्छ, उनले भने।
आफ्नो तर्फबाट विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रबर्धन गर्न आफूले प्रयास जारी राख्ने बताएका छन्।
प्रकाशित मिति: २०:२५ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











