लुम्बिनी प्रदेशका मन्त्री रानाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं, मंसिर २२ : लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बीरबहादुर रानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आज बुटवलमा...काठमाडौं, मंसिर २२ : लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बीरबहादुर रानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज बुटवलमा पत्रकार सम्मेलन गरी जनजाती तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रदेश मन्त्री रानाले पार्टीलाई विधि, पद्धति, नीति, नियम तथा अनुशासनको मार्गमा हिडाउन, सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।
पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निर्वाह गर्दै आउनु भएका राना यस अघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भएका थिए ।
उनले जिल्लास्तरको जिम्मेवारी क्षमताले भ्याएसम्म कुशलतापुर्वक पुरा गरेकाले आफु अव केन्द्रीय सदस्यको स्वभाविक उम्मेदवार भएको उल्लेखगरे ।