Kathmandu Press

बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु

नैरोबी, मंसिर २१ :  बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका...
बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु

नैरोबी, मंसिर २१ :  बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए।

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए।

Hardik ivf

केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गरे।

स्थानीय समय अनुसार बिहान ४ः०० बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ।

फोनमार्फत् एएफपीलाई प्रतिक्रिया दिँदै प्रत्यक्षदर्शी एक कैदीले भने, 'हामीले आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो। उनले भने, 'म कसरी उम्केँ थाहा छैन। धैरै कैदीहरू भाग्दाभाग्दै आगोले जलेर मरे।'

साक्षीहरूले भने, 'आगलागीमा गम्भीर घाइते भएकाहरूलाई प्रहरी पिकअप ट्रकमा हाली अस्पताल लगियो भने सामान्य घाइते केहीलाई घटनास्थलमा नै उपचार गरिएको थियो।'

प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्