Kathmandu Press

सहमति नजिक पुग्यौ, बुधबार साँझसम्ममा साझा उम्मेद्वार घोषणा गर्छौ : पौडेल 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट बुधबार साँझसम्ममा साझा उम्मेद्वार घोषणा गरिने दाबी...
सहमति नजिक पुग्यौ, बुधबार साँझसम्ममा साझा उम्मेद्वार घोषणा गर्छौ : पौडेल 
फाइल फोटो

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट बुधबार साँझसम्ममा साझा उम्मेद्वार घोषणा गरिने दाबी गरेका छन् । 

प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैै पौडेलले भोलि (बुधबार) बिहानसम्म साझा उम्मेदवार तय भइसक्ने र साँझसम्म घोषणा गरिने उनले बताए । 

‘हामीले सबै कोणबाट छलफल गर्‍यौं। अबको यो चुनौतीको सामना हामी कसरी गर्छौं, महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौं, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्शको नजिक नजिक पुगेका छौं, पौडेलले भने, केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौं। भोलिसम्म साझा उम्मेदवार तय हुन्छ, हामी तय गर्छौं।’, उनले भने ।

प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्