Kathmandu Press

साझा उम्मेदवार तय गर्न कांग्रेस इतर पक्षको बैठक बुधबार पुनः बस्ने, शेखर नजाने 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिमा साझा उम्मेदवार तय गर्न बसेको पौडेल पक्षको बैठक सकिएको छ ।नेता प्रकाशमान...
साझा उम्मेदवार तय गर्न कांग्रेस इतर पक्षको बैठक बुधबार पुनः बस्ने, शेखर नजाने 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिमा साझा उम्मेदवार तय गर्न बसेको पौडेल पक्षको बैठक सकिएको छ ।

नेता प्रकाशमान सिंहको काठमाडौंको चाक्सीबारीस्थित निवासमा मंगलबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बुधबार बिहान ९ बजे पुनः बस्ने गरी सकिएको हो । मंगलबारको बैठकमा सहभागी नेताहरुले साझा उम्मेदवार तय गर्ने सम्भावना बढेको दाबी गरेका छन् ।

यता, नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता डा शेखर कोइरालाले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न भनेर बुधबार बस्ने बैठकमा आफू सहभागी नहुने बताएका छन् ।

बुधबारको बैठकमा अन्य नेताहरु गएपनि आफू नजाने बताएका थिए । संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी रहेका छन् । 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्