Kathmandu Press

आम माफीबारे तालीवान सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने

काबुल, मंसिर २१ : ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स...
आम माफीबारे तालीवान सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने

काबुल, मंसिर २१ : ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स सदस्य (अफगानी) लाई अभियोग लगाएर दण्ड दिइने तालिवान नेता तथा अफगान सरकारका प्रवत्ताले बताएका छ।

तालिवान समूहले गत अगस्ट १५ मा राजधानी काबुलसहितका अधिकांश भू–भाग नियन्त्रणमा लिएपछि नयाँ प्रशासनले पूरानो सत्तालाई सघाएका कर्मचारी, सुरक्षा अधिकारीलगायत सबैलाई आममाफी दिइने र सबैलाई विश्वासमा लिएर सरकार सञ्चालन गर्ने घोषणा गरेको थियो।

Hardik ivf

तालिवान समूहको उक्त भनाइपछि पनि करिब १०० भन्दा बढी सुरक्षाकर्मी मारिएका वा वेपत्ता पारिएका भन्ने ‘ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)’ को रिपोर्टपछि तालिवान सरकारका अधिकारीको यो भनाइ आएका हो।

गत हप्ता एउटा रिपोर्टमा एचआरडब्ल्यूले अफगानिस्तानको तालिवान सरकारले घोषणा गरेको आम माफीपछि पनि तालिवान समूहका स्थानीय कमान्डरहरूले पूर्व अफगान सुरक्षा बलका सदस्यहरूलाई मृत्युदण्ड दिन वा वेपत्ता पार्ने क्रम नरोकिएको बताएको केही दिन पछि सरकारी अधिकारीको यो भनाई सार्वजनिक भएको हो।

टोलो न्युजकाअनुसार उक्त रिपोर्टपछि संयुक्त राज्य अमेरिका, युरोपेली संघ र अन्य २० देशका सरकारहरूले एचआरडब्ल्यूको रिपोर्टबारे तालिबान अधिकारीसँग चासो मानवअधिकार उल्लङ्घनबारे चासो व्यक्त गरेका थिए।

विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बाल्खीद्वारा गरिएको ट्वीटमा भनिएको छ, 'मुजाहिद्दिन माफी निर्देशन कार्यान्वयन गर्न पूर्णतया प्रतिबद्ध छन् र पहिलेको प्रशासनका कर्मचारीहरूलाई उनीहरूको पूर्व विरोधको लागि सताइएको छैन। इस्लामिक इमिरेट्सको सुधार आयोगले भने सुरक्षा फौजका पूर्व सदस्यको हत्याका कुनै पनि घटना दर्ता नभएको जनाएको छ।

आयोगले भनेको छ, 'इस्लामिक इमिरेट्स (अफगानिस्तान) का कुनै पनि शक्तिहरूले पूर्व प्रशासनसँग काम गरेकै आधारमा नागरिक वा पूर्व सरकारी अधिकारीलाई कारबाही गरेको वा सताएको भन्ने कुनै गुनासो हामीले प्राप्त गरेका छैनौं। उक्त रिपोर्टमा पूर्व सुरक्षा बलको हत्या इस्लामी अफगान सरकारको निर्देशन विपरीत भएको उल्लेख गरिएको छ।' राजनीतिक विश्लेषक अहमद खान अण्दरले भने, 'इस्लामिक इमिरेट्सले दिएको आम माफीको निर्देशन सबैले पालना गरेका छन्।'

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्