अब कांग्रेस सुर्धनु जरुरी छ : नेता थापा
काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब सुर्धनु पर्ने बताएका छन् ।आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...
काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब सुर्धनु पर्ने बताएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस सुर्धन जरुरी रहेको बताएका हुन् । अब पनि पार्टी नसुर्धिए पार्टीका नौ लाख कार्यकर्ताको भविष्य सकिनेप्रति संकेत गरे ।
उनले काँग्रेस चुनाव जित्ने दाबी गरिरहेका बेला काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको आम जनतामा बोध गराउन सक्नुपर्ने बताए । उनले पार्टीमा बिचार र नेतृत्व दुवै आवश्यक रहेको बताउँदै पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)