Kathmandu Press

तीन बर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी

इस्लामावाद, मंसिर २१ : अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन बर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन्।सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई...
तीन बर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी

इस्लामावाद, मंसिर २१ : अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन बर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन्।

सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई आधार मान्ने हो भने  पाकिस्तानको इतिहासमा यो तीन बर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो। सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रुपैयाँबाट बृहत मूल्यह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रुपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ। पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दन्यूजले विभिन्न तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ।

Hardik ivf

पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१–७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रुपैयाँबाट ११.१० रुपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो। यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो।  

मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन्। उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए।
 
पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्ण रूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा. अशफाक हसन खानले बताए।

मौद्रिक कडाइ र विनिमय दर अवमूल्यनका कारण मुद्रास्फीति उच्च हुने, सार्वजनिक ऋण तथा कर्जा सेवा ग्राह्य हुनेतर्फ जोड दिँदै एक प्रतिशत मौद्रिक कडाइले पाकिस्तानको सन्दर्भमा मुद्रास्फीतिको चाप १.३ प्रतिशतले वृद्धि भएको भन्ने अनुभव र विभिन्न प्रमाणले देखाएको उनले बताए।

भारतीय रुपैयाँ र बङ्गलादेशी टाकाजस्ता अन्य क्षेत्रीय मुद्राहरूको तुलनामा पाकिस्तानी मुद्राले अमेरिकी डलरविरुद्ध ठूलो ह्रास व्यहोरेको उनको भनाइ छ। अर्थशास्त्रीहरूले गरेका केही अध्ययनहरूले मासिक आधारमा मुद्रास्फीति ११.५ प्रतिशत रहेको देखिएको छ जुन झन्डै दुई प्रतिशत विनिमय दरको मूल्यह्रासबाट आस्एको द न्युज इन्टरनेशनलमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्