Kathmandu Press

बैठकमा पौडेलले भने– सहमति हुन्छ भने त्याग्न तयार छु, नभए मलाई सहयोग गर्नुस्  

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिमपटक आफूलाई सहयोग गर्न आफ्ना समूहका नेताहरुलाई आग्रह गरेका छन्। कांग्रेस संस्थापनइतर पक्षको मंगलबार बसेको...
बैठकमा पौडेलले भने– सहमति हुन्छ भने त्याग्न तयार छु, नभए मलाई सहयोग गर्नुस्  

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिमपटक आफूलाई सहयोग गर्न आफ्ना समूहका नेताहरुलाई आग्रह गरेका छन्। 

कांग्रेस संस्थापनइतर पक्षको मंगलबार बसेको बैठकमा पौडेलले सहमति गरेर अगाडि बढ्न आग्रह गरेका हुन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा पौडेलले सहमति भए आफूपनि सभापतिको आकांक्षा त्याग्न तयार रहेको बताए ।

सोमबार बसेको बैठकमा आगामी महाधिवेशनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयको टुंगो लाग्न नसकेपछि मंगलबार पनि सो समूह छलफलमा जुटेका हुन् । तर छलफलबाट कुनै निष्कर्ष भने ननिस्किएको पौडेल पक्षका एक नेताले जानकारी दिएका छन्। 

बैठकमा महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा।शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थिती थियो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले सभापतिमा अडान नछाडेपछि सहमति जुट्न गाह्रो भएको हो। पौडेल र सिंहसँगै  महामन्त्री डा शशांक कोइराला र नेता डा शेखर कोइराला पनि सभापतिका आकांक्षी छन्।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्