Kathmandu Press

इराकको बसरामा मोटरसाइकल विस्फोट हुँदा चारजनाको मृत्यु

इराकको बसरामा मोटरसाइकल विस्फोट हुँदा चारजनाको मृत्यु

बग्दाद, मंसिर २१ : इराकको दक्षिणी सहर बसरामा मंगलबार भएको मोटरसाइकल विस्फोटमा चारजनाको मृत्यु हुनाको साथै अन्य चारजना घाइते भएको इराकी सेनाले जनाएको छ।

राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अलसोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेसन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विस्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ, जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ। विष्फोटक विज्ञ र सुरक्षा बलले विस्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, मंसिर २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्