साढे ३३ किलो सुन प्रकरण : गोरेका सहयोगी कालेलाई २ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं, मंसिर २१ : साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाडिएको छ। जिल्ला अदालत मोरङले अग्रवाललाई २ लाख...
काठमाडौं, मंसिर २१ : साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाडिएको छ। जिल्ला अदालत मोरङले अग्रवाललाई २ लाख धरौटीमा छाड्न आदेश गरेको हो।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालेको इजलासले अग्रवाललाई धरौटीमो छाड्ने आदेश दिएको हो। सुुन तस्करी प्रकरणमा आइतबार मात्रै पक्राउ परेका अग्रवालको आज थुनछेक बहस भएको थियो । बहस पछि उनलाई धरौटीमा छाडिएको हो।
धरौटीमा रिहा भएका काले तस्करीको सुनमा लगानीकर्ता रहेको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल ल्याइएका उनलाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
यसअघि गत असोज १९ गते मोरङ जिल्ला अदालतले सुन तस्करीमा मुछिएका ५७ जनालाई सफाइ दिएको थियो । सुन तस्करीका नाइके चुणामणी उप्रेती ‘गोरे’ समूहको यातनाका कारण मारिएका शनम शाक्यको हत्या प्रकरणमा गोरेसहित ८ जना दोषी ठहर भएका थिए।
तीमध्ये गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको हो । प्रतिवादीमध्ये राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो ।











-1788524800.jpg)