Kathmandu Press

कम्बोडियाका प्रधानमन्त्री म्यानमार जाने, सर्वत्र चासो र चर्चा

नोमपेन्ह, मंसिर २१ : कम्बोडियाका शक्तिशाली नेता हुन सेनले म्यानमारको भ्रमण गर्ने भएका छन्।झन्डै ३० वर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन...
कम्बोडियाका प्रधानमन्त्री म्यानमार जाने, सर्वत्र चासो र चर्चा

नोमपेन्ह, मंसिर २१ : कम्बोडियाका शक्तिशाली नेता हुन सेनले म्यानमारको भ्रमण गर्ने भएका छन्।

झन्डै ३० वर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कम्बोडियाका प्रधानमन्त्रीसमेत रहेका हुन सेनले आगामी जनवरीमा म्यानमारको भ्रमण गर्ने तय भएको उनका प्रवक्ताले मंगलबार जानकारी दिएका छन्।
 
म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विदेशी नेताको यो नै पहिलो भ्रमण हुने भएको छ। म्यानमारको सेनाले गत फेब्रुअरी १ मा देशका शिर्ष नेता तथा उच्च अधिकारीहरुलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएको थियो।

Hardik ivf

पूर्व सैन्य कमान्डर हुन सेनले सन् १९८५ देखि कम्बोडियामा शासन गर्दै आएको छन्। उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने नेतामा पर्छन्। 

‘अन्य धेरै देशहरुले सहयोग र सहकार्य बन्द गरेको म्यानमारसँग हुन सेनले सहकार्य बढाउन भ्रमण गर्न लागेको प्रवक्ताको भनाइ छ। जुन्ता सरकारसँग सँगसगै काम गर्ने योजनाका साथ उनले भ्रमण गर्न लाग्नुभएको हो,’ हुन सेनका प्रवक्ताले भने।

संसारभरिबाट सैन्य शासनको विरोध भइरहेको बेला त्यही देशको भ्रमण गर्ने र त्यही शासकसँग सहकार्य गर्ने हुन सेनको योजनालाई कुटनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ।
 
म्यानमारका विदेश मन्त्री वुन्ना मौङले मंगलबार नोमपेन्हमा हुन सेनसँग भेटवार्ता गर्दा म्यानमार भ्रमणको विषयमा छलफल भएको जनाइएको छ। भेटवार्ताका क्रममा म्यानमारका विदेश मन्त्रीले हुन सेनलाई म्यानमार भ्रमणका लागि औपचारिक रुपमा निमन्त्रणा गरेको थिए।

उनको भ्रमण जनवरी ७ देखि ८ सम्म हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्