Kathmandu Press

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम

नयाँ दिल्ली, मंसिर २१ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम सङ्क्रमित...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम

नयाँ दिल्ली, मंसिर २१ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ।

सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

Hardik ivf

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ। भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ।

पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ रहेको छ। यो सङ्ख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

कूल सङ्क्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन्। मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ।

दैनिक सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि निकै कम भएको हो। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्