Kathmandu Press

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिककाे कूटनीतिक बहिष्कार गर्ने

वासिङटन, मंसिर २१ : अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ।चीनमा मानवअधिकारसम्बन्धी विषयबारे...
अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिककाे कूटनीतिक बहिष्कार गर्ने

वासिङटन, मंसिर २१ : अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ।

चीनमा मानवअधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले सोमबार जनाएको हो।

तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएको थिए। 

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको ‘उत्सव’मा योगदान नगर्ने बताएकी छन्।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, मंसिर २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्