Kathmandu Press

चौबिस घन्टामा ३१५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, मंसिर  २१ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१०...
चौबिस घन्टामा ३१५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, मंसिर  २१ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

मंगलबार ९ हजार ३८६ नमूनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण देखिएको छ भने २ हजार ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ३०४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। 

योसंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २३ हजार १०२ जना पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ६६२ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म ११ हजार ५४५ कोरोना संक्रमितको मृत्यु भएको छ। 

हाल मुलुकभर ६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। १२३ जनाको आइसियूमा उपचार भइरहेको तथा ३० जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । ९८ जना क्वारेन्टिनमा छन्। 

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्