Kathmandu Press

स्थानीय तहका १६ सय बढी कर्मचारीको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं, मंसिर २१ : सरकारले स्थानीय तहमा कार्यरत १ हजार ६ सय  १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
स्थानीय तहका १६ सय बढी कर्मचारीको एकैपटक सरूवा (सूचीसहित)

काठमाडौं, मंसिर २१ : सरकारले स्थानीय तहमा कार्यरत १ हजार ६ सय  १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (मंगलबार) ती कर्मचारीलाई अन्तर स्थानीय तहमा सरुवा गरेको हो।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेस गरेका कर्मचारीलाई मन्त्रालयको मंसिर १९ र २० गतेको निर्णयअनुसार कामकाज खटाइएको जारी सूचनामा उल्लेख छ। 

कामकाजमा खटाइएका कर्मचारीको पत्र सात दिनभित्र दुवै स्थानीय तहमा इमेलमार्फत पठाइने सूचनामा उल्लेख छ।

‘मापदण्डबमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइउका कर्मचारीलाई प्रचलित कानुनबमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराई सोको जानकारी यस मन्त्रालयमा गराउनुहुन सम्पूर्ण सथानीय तहहरमा समेत हायिर्दक अनुरोध छ,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्