Kathmandu Press

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने मुख्यमन्त्री शाहीको घोषणा 

कर्णाली, मंसिर २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका...
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने मुख्यमन्त्री शाहीको घोषणा 

कर्णाली, मंसिर २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गर्ने बताए। 

हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइसकेका छन्।  

प्रदेशसभामा कांग्रेसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ।

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्