ओलीलाई भेटेर बार भन्याे- जबराको नेतृत्वमा न्यायालय चल्न सक्दैन
काठमाडाैं, मंसिर ३ : नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...
काठमाडाैं, मंसिर ३ : नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले यसअघि अन्य विभिन्न दलका नेताहरूसँग भेटिसकेका छन्।
न्यायालयमा देखिएको समस्यालाई निकास दिन पार्टीहरूले खासै चासो नदिएको महसुस बारले गरेको चर्चा चल्ने गरेको छ। यसकारण बारका पदाधिकारीहरूले न्यायालयको समस्या हल गर्न पहल को अनुरोध गर्दै विभिन्न दललाई भेट्न थालेका हुन्।
बालकोट पुगेका ओलीसँग छलफलका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले न्यायलाई किनबेच गरेको आरोप लगाए। उनले प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायालय चल्न नसक्ने उल्लेख गर्दै समस्या समाधानका लागि दलहरुबीच सहमतिको आवश्यकता औंल्याए।
बार महासचिव लीलामणि पौडेलले पनि न्यायापालिकाका लागि मात्र नभएर लोकतन्त्रका लागि पनि प्रधानन्यायाधीश जबराको राजीनामा आवश्यक रहेको बताए।
सर्वोच्च बार अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा काम नलाग्ने अवस्थामा पुगेकाले आफूहरुले उनको राजीनामा माग गरेको बताए।
‘प्रधानन्यायाधीश जबरालाई धेरै दिन टिकाइराख्न नसक्ने स्थितिमा हामी पुगिसकेका छौं। न्यायपालिकाको सवालमा प्रमुख प्रतिपक्षी दलको नेतालाई सत्यतथ्य कुरा नराखेर हाम्रो अभियान पूर्ण हुँदैन भनेर हामी आयौं,’ उनले भने।











-1788524800.jpg)