सभापतिको टुङ्गो लगाउन चाक्सीबारीमा कांग्रेस संस्थापनइतर पक्षको बैठक
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन संस्थापनइतर पक्षको बैठक शुरु भएको छ। चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बैठक...
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन संस्थापनइतर पक्षको बैठक शुरु भएको छ।
चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बैठक शुरु भएको हो। सोमबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः छलफलमा जुटेका हुन्।
आजको बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा।शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा। मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन्।
आजको बैठकबाट सभापतिमा कसले उम्मेदवारी दिने भन्ने विषयको टुङ्गो लगाइने प्रयास हुनेछ। सो समूहभित्रका शीर्ष नेताहरु सबैजना सभापतिको आकांक्षी रहेका कारण सहमति जुट्न नसकेको हो।
विशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले सभापतिमा अडान नछाडेपछि सहमति जुट्न गाह्रो भएको हो। पौडेल र सिंहसँगै महामन्त्री डा शशांक कोइराला र नेता डा शेखर कोइराला पनि सभापतिका आकांक्षी छन्।
संस्थापनइतर पक्षका युवा नेताहरुले दुईदिनभित्र सभापतिको टुङ्गो लगाउन नेतृत्वलाई आग्रह गरेका छन्। संस्थापन पक्षबाट भने सभापति शेर बहादुर देउवाले नै पुनः उम्मेदवारी दिने बताइसकेका छन्।











-1788524800.jpg)