कोराेना उपचारमा ‘प्लाज्मा’ प्रयोग नगर्न डब्लुएचओको सुझाव
काठमाडौं, मंसिर २१ : विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट संक्रमित भई निको भइसकेका व्यक्तिहरूको ‘प्लाज्मा’ प्रयोग नगर्न सुझाएको छ। संक्रमितको अवस्थामा सुधार नदेखिएको र...
काठमाडौं, मंसिर २१ : विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट संक्रमित भई निको भइसकेका व्यक्तिहरूको ‘प्लाज्मा’ प्रयोग नगर्न सुझाएको छ।
संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघटेका कारण निको भइसकेका व्यक्तिहरूको प्लाज्मा नलिन सुझाएको हो। गत सोमबार डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने समेत जानकारी दिएको थियो।
डब्लुएचओका अनुसार अन्तर्राष्ट्रिय विज्ञको एक प्यानलले सामान्य तथा गम्भीर दुवै प्रकारका कोभिड संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर्ने सुझाव दिएका छन्। सामान्य, गम्भीर र अति गम्भीर झन्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।
यसअघि प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमानका आधारमा कोभिड–१९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको थियो। तर, कोभिड–१९ बाट गम्भीर संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रभावकारी नभएको विभिन्न अध्ययनहरूले देखाएको छ।
स्रोत : टिआरटी वर्ड











-1788524800.jpg)