माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन : प्रदेशबाट घाइते वा अपांगता भएका एक प्रतिनिधि अनिवार्य (परिपत्रसहित)
काठमाडौं, मंसिर २१ : यो वर्ष विभिन्न दलहरु राष्ट्रिय महाधिवेशन वर्ष वनेको छ। आगामी शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ। एमालेले मंसिरको दोस्रो...
काठमाडौं, मंसिर २१ : यो वर्ष विभिन्न दलहरु राष्ट्रिय महाधिवेशन वर्ष वनेको छ। आगामी शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ। एमालेले मंसिरको दोस्रो साता आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि भर्खरै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ। माओवादी केन्द्र पनि आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ। त्यसको तयारीका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १७ गते मातहतका कमिटीलाई परिपत्र जारी गरेको छ।
परिपत्रमा यही मंसिर मसान्तभित्र सबै केन्द्रीय विभागको बैठक बसी राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको नामावली पठाइसक्न निर्देशन दिइएको छ। प्रतिनिधिहरुको नाम पठाउँदा नवीकृत सदस्यता नम्बरसमेत उल्लेख गर्न भनिएको छ।
पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ।
प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गनुपर्ने व्यवस्था पार्टीले गरेको छ।
८० वटासम्म पालिका भएको प्रदेशमा १७५ सदस्यीय प्रदेश कमिटी बनाउने र त्यसभन्दा बढी पालिका भएको प्रदेशमा प्रत्यक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याका आधारमा एकएक जनाका दरले सदस्य थप गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय सम्मेलनमामा प्रस्तुत गरिने विधानको आवश्य परिमार्जनका लागि देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ।
त्यसैगरी समसामयिक प्रस्ताव थतयार पार्न गिगिराजमणि पोखरेल, शक्ति बस्नेत र गणेश साह रहने गरी ससिति बनाइएको छ। कृष्ण महराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति पनि बनाइएको छ।
राष्ट्रिय सम्मेलनमा व्यवस्थापन गर्न हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन समिति पनि माओवादी केन्द्रले बनाएको छ।
प्रतिनिधि चयन गर्दा प्रत्येक प्रदेशले कम्तीमा एकजना घाइते वा अपांगता भएकालाई छनोट गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले खाने र बस्ने व्यवस्था आफैले गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्तै प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको परिपत्रमा लेखिएको छ। आआफ्ना प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा प्देश कमिटीको हुने पनि परिपत्रमा उल्लेख छ।











-1788524800.jpg)