Kathmandu Press

टर्कीमा एकै दिन २० हजारमा कोरोना संक्रमण

अंकारा, मंसिर २१ : टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ। पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ।प्राप्त समाचारअनुसार टर्कीमा सोमबार...
टर्कीमा एकै दिन २० हजारमा कोरोना संक्रमण

अंकारा, मंसिर २१ : टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ। पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ।

प्राप्त समाचारअनुसार टर्कीमा सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो। टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ।

यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ। यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ।

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, मंसिर २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्