जीवन परियारद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवशेन आउने शुक्रबार काठमाडौंमा सुरू हुँदैछ। त्यसका लागि प्रतिनिधिहरु धमाधम काठमाडौं आउने मात्र होइन, भटाभट उम्मेदवारी घोषणा पनि...
काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवशेन आउने शुक्रबार काठमाडौंमा सुरू हुँदैछ। त्यसका लागि प्रतिनिधिहरु धमाधम काठमाडौं आउने मात्र होइन, भटाभट उम्मेदवारी घोषणा पनि गर्न थालेका छन्।
यसैक्रममा कास्कीका नेता जीवन परियारले पनि आज (मंगलबार) सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी उनले दलित समावेशीतर्फ सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसमा विभिन्न क्लस्टर गरी आठ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।
पोखराको पिएन क्याम्पसबाट नेविसंघको राजनीति थालेका उनी नेपाल दलित संघ कास्कीका संस्थापक सचिव पनि हुन्। उम्मेदवारी घोषणाका क्रममा उनले सबल नेतृत्व चयन र पार्टी संगठन निर्माणका लागि आफ्नो सक्रियता रहने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)