Kathmandu Press

सुडानको जातीय दंगामा ४८ जनाको ज्यान गयो

खार्तोम, मंसिर २१ : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर ४८ जनाको ज्यान गएको छ। एक गैरसरकारी संस्थाले त्यसबारे जानकारी दिएको छ।सोमबार यहाँको...
सुडानको जातीय दंगामा ४८ जनाको ज्यान गयो

खार्तोम, मंसिर २१ : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर ४८ जनाको ज्यान गएको छ। एक गैरसरकारी संस्थाले त्यसबारे जानकारी दिएको छ।

सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा दुई दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो। यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए।

दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौं व्यक्ति घाइते भएका छन्।

सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन। अरु कैयौंको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: ११:५३ बजे, मंगलबार, मंसिर २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्