Kathmandu Press

हलचोक आकाश भैरवको मूर्ति चोरी

हलचोक आकाश भैरवको मूर्ति चोरी

काठमाडौं, मंसिर २१ : काठमाडौंको हलचोकस्थित आकाश भैरवको मूर्ति चोरी भएको छ। सोमबार राति मूर्ति चोरी भएको हलचोक आकाश भैरव गुठीका प्रमुख सागर पटुवारले बताए । 

‘मूर्ति चोरी भएको जानकारी राती १ बजेमात्र पायौं, पुलिसलाई खबर गरेका छौं’ उनले भने ।  

दिउँसो नै मास्क लगाएर हिड्दा कसैलाई चिन्न सकिन्न रातमा को आए गए भन्ने थाहा नहुँदा अनुमान लगाउन समेत नसकिएको पुटुवार बताउँछन् ।  ’

इन्द्रजात्राको एक महत्वपूर्ण हिस्सा हुन्, हलचोक आकाश भैरव । मूर्ति चोरी भएसँगै हलचोक क्षेत्रमा सुरक्षा तथा आवतजावतमा कडाइ गरिएको छ । मूर्ति चोरीमा विषय थप अनुसन्धान तथा विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्