Kathmandu Press

मध्यरातमा दुबई उड्न लागेका ७६ यात्रु को थिए? विमानस्थलबाटै किन फर्काइए ? 

काठमाडौं, मंसिर २१ : सोमबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७६ जना यात्रु फर्काइए । संयुक्त अरब इमिरेट्स (युइए) जान लागेका ७६ जना यात्रुलाई अध्यागमन...
मध्यरातमा दुबई उड्न लागेका ७६ यात्रु को थिए? विमानस्थलबाटै किन फर्काइए ? 

काठमाडौं, मंसिर २१ : सोमबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७६ जना यात्रु फर्काइए । संयुक्त अरब इमिरेट्स (युइए) जान लागेका ७६ जना यात्रुलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काइदिएको हो। 

अध्यागमन विभागका प्रवक्ता झन्कनाथ ढकालले दुबई जान लागेका ७६ जना यात्रुलाई फिर्ता पठाइएको काठमाडौं प्रेसलाई जानकारी दिए । उनका अनुसार ती सबैले जावलाखेलस्थित शुभेक्षा बहुउद्धेश्यीय सहकारी संस्थाका कर्मचारी बताएका थिए । ‘सहकारीको पत्र लिएर ७६ जना मान्छे आएका थिए,’ उनले भने, ‘एकैपटकक त्यति धेरै मान्छे एउटै संस्थाको नाम लिएर आएपछि विमानस्थलमा अली बढी सोधपुछ र चेकजाँच हुनु स्वभाविक हो।’

७६ जनामध्य ७० प्रतिशतभन्दा बढी महिला रहेको र उनीहरुलाई कहाँ जाने भन्ने विषयमा पनि थाहा नभएको पाइएपछि आवश्यक कागजात लिएर आउन भनिएको ढकालले बताए। ‘दुबईको कुन ठाउँ जाने, कहाँ बस्ने भन्ने विषयमा अधिकांश यात्रुहरु अनभिज्ञ थिए त्यसकारण उनीहरुलाई फिर्ता गरिएको हो,’ उनले भने।

उनीहरुलाई ललितपुर महानगरपालिकाको सिफारिस लिएर आउन आग्रह गरिएको छ। अधिकांश महिला भएको र उनीहरुलाई कहाँ जाने भन्ने कुरा पनि थाहा नभएका कारण अध्यागमनले मानव ओसारपसारको आशंक समेत गरेको छ। सोधपुछको क्रममा उनीहरु चारदिन दुबई घुमेर फर्किने बताएका थिए तर पासपोर्टमा ढेड महिनाको भिसा देखिएको विभागले जनाएको छ। 

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्