Kathmandu Press

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, १० गम्भीर घाइते

रुकुम, मंसिर २१ : रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा...
जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, १० गम्भीर घाइते

रुकुम, मंसिर २१ : रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मुसिकोट नगरपालिका १ घिमानेका ६७ वर्षका बुधुराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका खड्कालाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो।

बस दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस सोमबार साँझ मुसिकोट नगरपालिका २ रातामाटामा दुर्घटना भएको थियो। दुर्घटनामा सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ।

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्