आज पनि केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २१ : आज पनि देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै गएको विभगले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोभन्दा आज मौसम केही खुल्ने सम्भावना रहेको छ।
तथापि, प्रदेश २ बाहेकका प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज बिहान धेरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउसो घाम लाग्ने सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)