बैतडी जीप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो
बैतडी, मंसिर २१ : बैतडीको पाटन नगरपालिका १ सकारमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।दुर्घटनामा घाइते पाटन नगरपालिका...
बैतडी, मंसिर २१ : बैतडीको पाटन नगरपालिका १ सकारमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
दुर्घटनामा घाइते पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ। योसँगै मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप सकार खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० बर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए। सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ।
जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।











-1788524800.jpg)