नौ वर्षमा आठ सय मिर्गौलाको सफल प्रत्यारोपण
काठमाडौं, मंसिर २१ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आठ सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।केन्द्रले २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण...
काठमाडौं, मंसिर २१ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आठ सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।
केन्द्रले २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो। यो नौ वर्षको अवधिमा यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा.डा. राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले मिर्गौला प्रत्यारोपणमा संलग्न छ।
उनीहरुले अहिलेसम्म गरेको अत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको जनाएको छ। मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको श्रेष्ठले बताए।











-1788524800.jpg)