Kathmandu Press

राजनीतिलाई सम्मानित बनाउने अभियानमा लाग्न कार्यकर्तालाई नेता पौडेलको आग्रह 

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई निरुत्साहित नहुन अपिल गरेका छन् । उनले आज एक बिज्ञप्ति जारी गर्दै राजनीतिलाई...
राजनीतिलाई सम्मानित बनाउने अभियानमा लाग्न कार्यकर्तालाई नेता पौडेलको आग्रह 

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई निरुत्साहित नहुन अपिल गरेका छन् ।

उनले आज एक बिज्ञप्ति जारी गर्दै राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन समेत आग्रह गरेका छन् ।

पार्टी इतिहासमै कमजोर रहेको उल्लेख गर्दै पौडेलले सिद्धान्त र आदर्श अनुरुप क्रियाशील हुन कार्यकर्तामा आव्हान गरेका छन् ।

पार्टीलाई स्वच्छ र जनमुखी बनाउने कार्यमा उत्साहपूर्वक लाग्न पनि पौडेलले अनुरोध गरेका हुन् । 

प्रकाशित मिति: १९:१० बजे, सोमबार, मंसिर २०, २०७८