प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं, मंसिर २० : भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा,...
काठमाडौं, मंसिर २० : भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो। आज (सोमबार) संसदीय सुनुवाइ समितिमा उनीहरूले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए।
गत कात्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि शर्मा, खत्रीर, आचार्यलालाई राजदूत बनाउन सिफारिस गरेको थियो। उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ।
सरकारकाे सिफारिसलाई अनुमोदन गर्नेनगर्नेबारे सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने व्यवस्था छ।
प्रकाशित मिति: १७:३२ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)