देशभरिमा थपिए २६५ कोरोना संक्रमित, निको हुने ३५७ जना, २ काे मृत्यु

काठमाडौं, मंसिर २० : पछिल्लो २४ घन्टामा देशभरिमा २६५ जना कोरोना संक्रमित थपिएका छन्।
७,११४ जनामा गरिएको पिसिआर परीक्षणबाट २३८ र १,५०३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०४,९०१ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५३३ पुगेको छ।
अहिले देशभरिमा ६,३८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)