महाधिवेशन तयारीका लागि गठित विभिन्न विभागसँग छलफल गर्दै देउवा
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शनिबारबाट सुरु हुँदैछ। महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा कांग्रेस अन्तिम तयारीमा जुटेको...
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शनिबारबाट सुरु हुँदैछ। महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी रहँदा कांग्रेस अन्तिम तयारीमा जुटेको छ।
त्यसको तयारीबारे छलफल गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आज बैठक डाकेका छन्। बैठकमा महाधिवेशन तयारीका लागि गठित विभिन्न विभागका प्रमुखहरुसँग देउवाले छलफल गर्ने बताइएको छ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो साढे ४ बजे बैठक बस्ने जनाइएको छ। प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेका कारण कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन्।
यही परिप्रेक्षमा प्रतिनिधिहरुको उचित व्यवस्थापनसहित महाधिवेशनलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित हुने जनाइएको छ।
प्रकाशित मिति: १६:०९ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)