Kathmandu Press

कांग्रेस महाधिवेशनमा सहभागी हुन पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी काठमाडौं आउने

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।उक्त महाधिवेशनमा सहभागी हुन भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता...
कांग्रेस महाधिवेशनमा सहभागी हुन पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी काठमाडौं आउने

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।

उक्त महाधिवेशनमा सहभागी हुन भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी काठमाडौं आउने भएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी कांग्रेसको आमन्त्रणमा वक्ताका रुपमा आगामी शनिबार (मंसिर २५) नेपाल आउन लागेकी हुन्।

बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निम्तो पठाएका थिए। मुख्यमन्त्री बेनर्जीले नेपाल आउन केन्द्र सरकारसँग अनुमतिसमेत मागेको जनाइएको छ।

बेनर्जी गोवाबाट सीधै काठमाडौं आउने कार्यक्रम छ। 

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्