राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बाेलाए केन्द्रीय समिति बैठक
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्। राप्रपको नयाँ नेतृत्व चयनपछि पहिलो बैठक...
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्। राप्रपको नयाँ नेतृत्व चयनपछि पहिलो बैठक बस्न लागेको हो।
आज (सोमबार) मात्र धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गरेका उनले पहिलो बैठक भएकाले परिचयात्मक मात्र हुने बताएका छन्।
निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफूले पार्टी गतिविधिलाई अघि बढाउने बताएका छन्।
लिङ्देनले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्ने भएकाले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै विसर्जन हुनुपर्ने र सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौं। हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।
पदभारपछि लिङ्देनले निवर्तमान अध्यक्ष थापालाई सचेत गराउँदै महाधिवेशनमा राजालाई जोड्नु प्रतिनिधिहरूको मतको अवमूल्यन भएको बताए।
‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुन सक्छ। तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो। त्यो दुर्भाग्यपूर्ण कुरा हो।’











-1788524800.jpg)