Kathmandu Press

एमालेमा स्थायी कमिटी गठनको तयारी, यस्ताे छ सम्भावितकाे सूची

काठमाडौं, मंसिर २० : एमालेले स्थायी कमिटी गठनको तयारी थालेको छ। दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने...
एमालेमा स्थायी कमिटी गठनको तयारी, यस्ताे छ सम्भावितकाे सूची

काठमाडौं, मंसिर २० : एमालेले स्थायी कमिटी गठनको तयारी थालेको छ। दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने जनाइएको छ। त्यसका लागि प्रारम्भिक खाका पनि तयार पारिसकिएको एमालेका अध्यक्ष केपी ओलीनिकट एक नेताले जानकारी दिए।

स्थायी कमिटी गठन गर्ने निश्चित मापदण्ड तय भएको छ। पदाधिकारी १९ जना स्वतः स्थायी कमिटी सदस्य हुने व्यवस्था छ। जसमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ पर्छन्। 

यसअघि स्थायी कमिटीमा रहेका तर पदाधिकारीमा निर्वाचित हुन नसकेका नेता पनि स्वतः केन्द्रीय कमिटीमा पर्नेछन्। जसअनुुसार मणि थापा, घनश्याम भुसाल, किरण गुरुङ, भीम आचार्य र रघुजी पन्त स्थायी कमिटी सदस्य बन्नेछन्। यसैगरी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट आएकाहरुबाट दुईदेखि तीनजना समेट्ने तयारी भइरहेको छ। जसमा प्रभु शाह, टंक आङ्बुहाङ र गौरीशंकर चौधरीको नाम चर्चामा छ। 

महिलालालाई पनि स्थायी कमिटीमा सकेसम्म स्थान दिने उद्देश्यअनुरुप यसअघि पोलिटब्युरोमा रहिसकेका थममाया थापा मगर, डा. विन्दा पाण्डे, राधा ज्ञवाली र श्रीमाया थकाली स्थायी कमिटी सदस्यमा पर्ने सम्भावना प्रबल छ। नयाँ कमिटीको पदाधिकारीमा दुईजना मात्र महिला छन्। अन्य सम्भावित महिलामा थप सम्भावना डा. शिवमाया तुम्बाहाङ्फे र सुजिता शाक्य पनि पर्छन्।

यसअघि पोलिटब्युरोमा ररिसकेकाहरू भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, कर्ण थापा, अग्नि खरेल, काशीनाथ अधिकारी, अरुण नेपाल र परशुराम मेघी गुरुङ पनि स्थायी कमिटीमा पर्न सक्ने सम्भावित नेताहरू हुन्। 

नवौं महाधिवेशनमा पराजित भएर पनि पोलिटब्युरो सदस्य भइसकेका खगराज अघिकारी र कृष्णगोपाल श्रेष्ठ पनि स्थायी कमिटीमा पर्न सक्ने जनाइएको छ। यसबाहेक सम्भावित नाममा देवराज घिमिरे, शेरबहादुर तामाङ, गुरु बराल, राजन भट्टराई र गोकुल घर्तीको पनि चर्चा चलिरहेको छ। दलित समुदायबाट पनि प्रतिनिधित्व गराउने तयारी भइरहेको बताइएको छ। 

एमालेको विधानअनुसार स्थायी कमिटी ४५ सदस्यीय हुनेछ।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्