अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन
वासिङटन, मंसिर २० : सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ। उनी फोक्सोको क्यान्सरबाट पीडित...
वासिङटन, मंसिर २० : सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ।
उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।उनले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताएका छन्।
डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर थिए। राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका गरेका थिए। उन दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत रहनु भएको यसै क्रममा झन्डै उन ज्यान गुमाउनु परेको समाचारमा जनाइएको छ ।
डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो । जसमा उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गर्नु भएको उल्लेख गरिएको छ। सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले ‘आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ,’ भनेका छन्।
पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गर्नु भएको प्रष्ट पार्नु भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले डोललाई’ युद्ध नायक, राजनीतिक नेता र एक राजनेता“ को सङ्ज्ञा दिएका छन्।











