Kathmandu Press

इन्डोनेसिया ज्वालामुखी : मृतकको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

जकार्ता, मंसिर २० : इन्डोनेसियाको जकार्तामा शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ।ज्वालामुखी विस्फोटमा परेर अरु नौजना हराइरहेका यहाँका...
इन्डोनेसिया ज्वालामुखी : मृतकको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

जकार्ता, मंसिर २० : इन्डोनेसियाको जकार्तामा शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ।

ज्वालामुखी विस्फोटमा परेर अरु नौजना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुका साथै अन्य ९८ जना घाइते भएका थिए।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो। यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन्।

ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ। यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए।

उनका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुन सक्ने जनाए।जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।  

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, मंसिर २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्