पदभार ग्रहणका क्रममा लिङ्देनले भने- मेराे विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज (सोमबार) पदभार ग्रहण गरेका छन्।पदभार ग्रहणका क्रममा उनले आफ्नो विजयलाई...
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज (सोमबार) पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणका क्रममा उनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताए। पत्रकारहरूसँग कुराकानी गदैृ उनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग जोड्नु दुर्भाग्यपूर्ण र खेदजनक छ। यो महाधिवेशन प्रतिनिधिप्रतिकै अविश्वास हो।’
लिङ्देनसँग पराजित भएलगत्तै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। सोही सन्दर्भबारे पत्रकारहरुले लिङ्देनसमक्ष प्रश्न उठाएका थिए।
अध्यक्ष लिङ्देन राप्रपाका पूर्वअध्यक्षहरू बस्दै आएका कोठामा पदभार ग्रहण गरेनन्। उनले अर्कै कोठामा पदभार ग्रहण गरे। आफूअघिका अध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सी राखिदिएको बताए।











-1788524800.jpg)