Kathmandu Press

अन्तिम पटक सभापति भएर पार्टीमा राम्रो काम गर्न चाहन्छु : देउवा 

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पुनः एकपटक सभापति भएर पार्टीको काम गर्ने चाहना रहेको बताएका छन्। सोमबार बालुवाटारमा पत्रकारहरुसँगको...
अन्तिम पटक सभापति भएर पार्टीमा राम्रो काम गर्न चाहन्छु : देउवा 

काठमाडौं, मंसिर २० : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पुनः एकपटक सभापति भएर पार्टीको काम गर्ने चाहना रहेको बताएका छन्। सोमबार बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले अन्तिम पटकका लागि फेरि सभापति हुन चाहेको बताए ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले आफू पार्टीकै विधान बमोजिम अन्तिम पटक सभापति बन्न चाहेको बताए।  ‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु,’ उनले भने।  

देउवाले आफू सभापति बनेको अवस्थामा अझै राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसका लागि पार्टीभित्रका सबैलाई सहयोग गर्न समेत आह्वान गरेका छन्। 

प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसको महाधिवेशन शक्ति प्रदर्शन नगर्ने समेत बताएका छन्। ‘शक्ति प्रदर्शन गरेर जनतालाई अनावश्यक दुःख दिने पक्षमा कांग्रेस छैन,’ उनले भने। कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको कारण कांग्रेसले खतरा नमोल्ने देउवाको भनाई छ। यसलाई एमालेसंगको प्रतिस्पर्धासँग नजोड्न पनि उनले आग्रह गरे । 

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्