आङ सान सुचीलाई सुनाइयो चार वर्ष जेलसजाय
काठमाडौं, मंसिर २० : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई चार वर्ष जेलसजाय सुनाइएको छ।बिबिसीका अनुसार म्यानमारको सैनिक सरकारले प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी...
काठमाडौं, मंसिर २० : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई चार वर्ष जेलसजाय सुनाइएको छ।
बिबिसीका अनुसार म्यानमारको सैनिक सरकारले प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएको थियो। त्यसमा उनी दोषी देखिएको जनाइएको छ।
७६ वर्षीया सुचीमाथि सेनाविरुद्ध भडकाउ गतिविधि गरेको लगायत अन्य ११ आरोप पनि लगाइए पनि सुचीले भने आफूमाथिको आरोप निराधार भएको बताउँदै आएकी छन्।
चुनावमा धाँधली भएको १० महिनाअघि म्यानमार सेनाले ‘कु’ गरी सुची नेतृत्वको निर्वाचित नागरिक सरकार अपदस्त गराएको थियो। त्यतिबेलादेखि उनलाई घरमै नजरबन्द गरिएको छ।
म्यानमारमा गत वर्षको नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा सुकीको पार्टीले जित हासिल गरे पनि त्यहाँको सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएको छ।
प्रकाशित मिति: १२:३२ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)