Kathmandu Press

एमालेलाई जिस्काए परिणाम राम्रो आउँदैनः योगेश भट्टराई

काठमाडौं, मंसिर २०  : नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन्।  प्रेस चौतारी नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव...
एमालेलाई जिस्काए परिणाम राम्रो आउँदैनः योगेश भट्टराई
फाइल तस्बिर

काठमाडौं, मंसिर २०  : नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन्।  प्रेस चौतारी नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्। 

उनले एमाले र गैंडामा केही समानता भएको पनि दाबी गरे । ‘गैंडालाई जिस्काउन थाल्नुभयो, हिर्काउन थाल्नुभयो भने त्यसले तपाईँलाई छाड्दैन लखेट्छ,’ भट्टराईले भने, ‘एमालेलाई पनि कसैले जिस्कायो भने छाड्दैन, लखेट्छ।’

भट्टराईले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत आउने दाबी गरेका छन्। उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबी गरे । ‘शक्ति आर्जन गरेर चितवनबाट फर्केको छ । अब त्यसको आउटपुट चुनावमा आउँछ , एमालेको बहुमतनै हो,’उनले भने ।

एमालेको जस्तो शक्तिप्रदर्शन अरु दलले गर्न नसक्ने पनि भट्टराईलको दाबी छ । उनले चितवनमा नेता, कार्यकर्ता र जनतासहित ७ लाख मानिसको उपस्थिती रहेको बताए। यसअनुसार एमालेले इतिहासमै रेकर्ड कायम गरेको उनको दाबी छ। काँग्रेस र माओवादीले त्यति मानिसहरु उतार्न नसक्ने महशुृस गरेकै कारण महाधिवेशन र राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगर्ने निर्णय गरेको उनले बताए।  
 

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्