Kathmandu Press

नयाँ भेरियन्टबाट बच्न सुदूरपश्चिम सरकार सक्रिय

महेन्द्रनगर, मंसिर २० : भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्वतयारी तीव्र पारेको छ।आज बिहान सुदूरपीश्चम...
नयाँ भेरियन्टबाट बच्न सुदूरपश्चिम सरकार सक्रिय

महेन्द्रनगर, मंसिर २० : भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्वतयारी तीव्र पारेको छ।

आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनुका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, ‘यहाँका सीमा नाकामा भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ।’ उनले शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको जनाकारी दिए।

त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाति पत्ता लगाउन यहाँबाट नमुना सङ्कलन गरेर काठमाडौं पठाउने काम भइरहेको छ।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्