Kathmandu Press

भारतमा ओमिक्रोनबाट संक्रमितकाे संख्या २१ पुग्याे

नयाँदिल्ली, मंसिर २० : भारतमा ओमिक्रोन भाइरसका २१ जना नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो...
भारतमा ओमिक्रोनबाट संक्रमितकाे संख्या २१ पुग्याे

नयाँदिल्ली, मंसिर २० : भारतमा ओमिक्रोन भाइरसका २१ जना नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिन मात्र अघि देखिएको थियो।

आइतबार बिहानसम्म पाँचजना मात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन्। यीमध्ये जयपुरमा नौजना भेटिएको बताइएको छ। 

Hardik ivf

त्यसैगरी सातजना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ। अरु संक्रमितहरु नयाँदिल्लीमा नै भेटिएका हुन्। आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ।

नयाँदिल्लीबाहेक अरु थप दुईजना कर्नाटकबाट पनि भेटिएका बताइएको छ। पहिलो संक्रमण केही दिनअघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्