२ मतले पराजित भएका गुरु घिमिरेद्वारा पुनः मगतणनाको माग
काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस बाग्मती प्रदेशको सभापति पदमा झिनो मतान्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन्। घिमिरे संस्थापन पक्षका...काठमाडौं, मंसिर २० : नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झिनो मतान्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन्।
घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्वव थापासँग २ मतले पराजित भएका छन् । सोही कारण उनले पुनः मतगणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन्।
सभापति पदमा ८४२ मत प्राप्त गरेका छन् भने ८४४ मत सहित थापा विजयी भएका छन्। त्यस्तै उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन्।
महामन्त्रीमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन्। थापा घिमिरे प्यानलबाट विजयी भएका हुन्।
सह–महामन्त्री (महिला) तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन्।
प्रकाशित मिति: १०:४२ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्रीशुक्रबार, मंसिर ७, २०८१
जनमत सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखकाे निर्णयशुक्रबार, मंसिर ७, २०८१
विमलेन्द्र निधि भन्छन्– बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन शुक्रबार, मंसिर ७, २०८१
विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा अघि बढेका छौं : प्रधानमन्त्रीशुक्रबार, मंसिर ७, २०८१